न्यूजिल्याण्डमा प्रहरीले प्रहार गरेको गोली लागेर एक चक्कु आक्रमणकारीको ज्यान गएको छ।
अक्ल्याण्डको सुपर मार्केटमा प्रवेश गरेर मानिसहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको व्यक्तिको प्रहरीको गोली लागेर ज्यान गएको हो ।
चक्कु आक्रमणबाट कम्तीमा ६ जना घाइते भएको स्थानीय स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एक प्रत्यक्षदर्शीले स्थानीय समाचार संस्था स्टफ एनजेडलाई आफूले चक्कु प्रहारबाट घाइते भएका पाको उमेरका व्यक्ति जमिनमा लडेको देखेको बताएका छन् ।
न्यू लिनको लिनीमलमा रहेको आउन्टडाउन सुपरमार्केटमा घटना भएको हो । चक्कु आक्रमणबाट त्रास र भागदौडको अवस्था सिर्जना भएको उल्लेख छ ।