एजेन्सी ; फ्रेन्च लिग वन फुटबल क्लब लियोनले फराकिलो जितसँगै फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली लियानले पाहुना टोली सोचाक्सलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । 
घरेलु टोली लियोनको जितमा डिज्मेल बिनलामेरीले २ डेनायर ,चेकरी ,कर्नेले समान १–१ गोल गरे त्यस्तै यता पाहुना टोलीको लागि क्रिस बेदियाले दुई सान्त्वना गोल गरे । पहिलो हाफमा ३–१ गोलको अग्रता बनाएको लियोनले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने जसमा एक गोल खान पुगेको थियो । र ५–२ गोल अन्तरको जित निकाल्न निकाल्दै अन्तिम १६मा प्रवेश गरेको हो ।