फागुन २३, २०७७ आइतबार

एजेन्सी

 

काठमान्डौ। 
केही साता अघि भारतिय शहर चेन्नाईमा सम्पन्न चौधौ संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल) अक्सनमा ११ करोड २५ लाख भारुमा ११ खेलाडी टिममा अनुबन्ध गरेको दिल्ली क्यापिटल्सले आफ्नो टिमलाई आईपिएल २०२१का लागि झनै बलियो बनाएको छ। 

भारतिय टिमका युवा खेलाडी श्रेयस अय्यर कप्तान रहेको दिल्ली गत संस्करणको उपबिजेता हो। २०२१ को आगामी संस्करणका लागि दिल्लीको सम्भावित प्लेईङ ११ यसप्रकारको रहन्छ:

१)शिखर धवन
भारतिय सफल ओपनर धवन दिल्लीको पनि ओपनरको भुमिकामा रहनेछन्। 

२)पृथ्वी शा/अजिकां राहाने
गत संस्करणमा खासै राम्रो प्रदर्शन गर्न नसकेका शाले सुरुवाती खेलमा मौका पाउने भए तापनि उनलाई अजिकां राहानेले विस्थापन गर्न सक्छन्। 

३)स्टिभ स्मिथ*
अस्ट्रेलियाली पुर्व कप्तान स्मिथलाई थोरै मुल्यमा टिममा भित्राएको दिल्लीले उनको समझदारी पुर्ण ब्याटिङलाई प्रयोग गर्न टिमको अन्तिम ११ मा राख्न सक्छ। 

४)श्रेयस अय्यर 
टिमका कप्तान समेत रहेका अय्यर मध्य क्रममा टिममा रहि टिमलाई आवश्यकता अनुसार खेल्ने क्षमता राख्ने छन्। 

५)रिषभ पन्त(विकेटकिपर)
बिस्फोटक ब्याटिङका लागि चिनिएका पन्तको अन्तिम ११ को सम्भावना लगभग निश्चित रहेको छ। 

६)मार्कश स्टोनिस*
अस्ट्रेलियाली अलराउन्डर स्टोनिस दिल्लीको कमजोर मानिएको तल्लो क्रमको ब्याटिङलाई मजबुत बनाउनुको साथै बलिङमा पनि राम्रो योगदान दिन सक्छन्। 

७)अक्सर पटेल
जारी इंग्ल्याण्ड विरुद्धको टेस्ट क्रिकेटमा बलिङ मार्फत उत्कृष्ट प्रदर्शन गरिरहेका पटेल ब्याटि ङका लागि पनि चिनिने गर्छन्। 

८)रभिचन्द्रन आश्विन
आफ्नो स्पिन बलिङ मार्फत चिनिएका आश्विन तल्लो क्रमको ब्याटिङमा समेत योगदान दिन सक्षम छन्। 

९)अमित मिश्रा
लिजेन्ड लेगस्पिनर मिश्रा आईपिएल ईतिहासको नै सर्वाधिक सफल लेग स्पिनर हुन्। 

१०)कागिसो रवडा 
गत संस्करणको आईपिएलका सर्वाधिक विकेटकर्ताको शिर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी क्रिकेटर रवडा सुरुवाती तथा डेथ ओभरका सफल बलर हुन्। 

११)एनरिच नोर्किया
दक्षिण अफ्रिकी तिव्र गतिका बलर नोर्किया गत संस्करणमा अर्को खेलाडीको स्थानमा टिममा पर्दै राम्रो प्रदर्शन पश्चात दिल्लीले रिटेन गरेको थियो।