भदौ २०, २०७८ आइतबार

 नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ ।  नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।