काठमाण्डौ।
नेपाली क्रिकेटको समर्थकहरुको सबैभन्दा ठुलो र पुरानो फेसबुक समुह ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक’ नामक समुहले नेपाली क्रिकेटका लागि भएका हरेक गतिबिधिमा साथ दिने क्रममा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालाले केहि दिन अघिबाट संचालनमा ल्याएको ‘म बनाउछु मेरो रंगशाला’ अभियान अन्तर्गतको मेरो कुर्सी अभियानमा एक कुर्सी समुहको नाममा लिने १ लाख संकलन अभियान जारी रहेको छ।
शुक्रबारबाट सुरु यस अभियानमा दोस्रो दिन सम्म ५२००० संकलन गरिएको समुहका सिनियर एडमिड सागर खरेलले बताउनु भयो। “नेपाली क्रिकेटको विकास र सकारात्मक परिवर्तनमा यस समुहको सधै सकारात्मक र सहयोगि भुमिका रहेको छ। धुमुर्स सुन्तली फाउन्डेसनले सुरुवात गरेको रंगशाला बनाउन ठुलो कार्यको सानो तर महत्वपुर्ण साथका रुपमा यसलाई बुझ्न जरुरी रहेको छ।यस्ता सहयोग हरेक क्षेत्रबाट आउनु जरुरी रहेको छ ” खरेलले हामीसॅंगको संवादमा बताए।
“हामीले सबै साथीहरूलाई रकम पठाउन सजिलो हुन्छ भनेर बैंक खाताका सँगसँगै ईसेवा आईडि पनि उपलब्ध गराएका छौं।ईसेवा आडि नम्बर 9869220154 रहेको छ।ग्लोबल आईएमई बैकको खाता नम्बर 9407010003328
यो दुइटा माध्यम बाट हामी समक्ष आएका सम्पूर्ण रकमहरुको सबै विवरण दैनिक रुपमा हामी screenshot यस ग्रुप मार्फत सार्बजनिक गर्ने छौ” खरेलले पठाए।