काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल भारतबीचको मैत्रीपूर्ण खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले नेपालविरूद्ध गोल गरेका छन्।
यसअघि भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गोल गरेका हुन्। नेपालले भने गोल फर्काउन सकेको छैन।
अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्न पाएनन् । सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो।
नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।