भदौ २१, २०७८ सोमबार

राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि हालसम्म कामको नाममा ठोस उपलब्धि हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको सात वर्ष पूरा भए पनि हालसम्म आयोजनाको कुनै पनि काम अगाडि बढेको छैन । मुआब्जा वितरण गर्नेबाहेक, आयोजनाको ढाँचासमेत तय हुन सकेको छैन । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले डिपिआर तयार पारी सरकारलाई बुझाएको थियो । हरेक वर्षजसो आयोजनाका बारेमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए पनि कुनै प्रक्रिया अगाडि बढेको छैन ।