काठमाडौँ,२१ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६० पैसा र बिक्रीदर १६२ रुपैयाँ ४३ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।