भदौ २२, २०७८ मंगलबार

चालु आर्थिक वर्षबाट लागू हुनेगरी बढेको तलबमान कार्यान्वयनमा आएको छ । सरकारले निजामती कर्मचारीहरुको तलब दुई हजारले वृद्धि गर्ने गरी बजेटमा व्यवस्था गरेको थियो । सोही अनुसार सरकार विभिन्न ओहदामा रहेको पदाधिकारीहरुको तलबमान पनि निर्धारण गरिएको छ । 

सरकारले भदौ ३ गते गरेको निर्णय अनुसार नेपाल सरकारका उपप्रधानमन्त्रीको मासिक तलब ७७ हजार ६४० पुगेको छ । 

यस्तै अब मन्त्रीले प्रतिमहिना ७२ हजार ७३० रुपैयाँ तलब पाउने छ । राज्यमन्त्रीले ६९ हजार ३० रुपैयाँ पाउँदा सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पाउने भएका छन् ।

यसैगरी सभामुख र विपक्षी दलका नेताले समान ७२ हजार ७३० रुपैयाँ तलब पाउँछन् । संघीय सांसदको तलब भने ६६ हजार २ सय ४० रुपैयाँ पुगेको छ । 

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको तलब ६९ हजार ३० रुपैयाँ तोकिएको छ । प्रध्यानन्यायाधिशले मासिक ८८ हजार ९५० रुपैयाँ पारिश्रमिक बुझ्छन् । न्यायाधिशको तलब ७३ हजार ९५० रुपैयाँ रहेको छ । 

संवैधानिक निकायका प्रमुखको तलब ७० हजार १ सय ८० रुपैयाँ तोकिएको छ । निजामती, सुरक्षा तथा शिक्षकहरुको बढेको तलब भने अर्थले यसअघि नै सार्वजनिक गरेको थियो ।