साताको दोस्रो दिन सोमबार केही बढेको शेयर बजार मंगलबार घटेको छ। आज शेयर बजार ४४.१८ अंकले घटेर २ हजार ९ सय ३६.६० अंकमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
आज १.४८ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ९ सय ३६.६० अंकमा ओर्लिएको हो।
आज एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
आज अन्य र म्युचल फण्ड समुह बढेको छन् अन्य समूह घटेका छन्। सबैभन्दा धेरै अन्य समूह १९.६६ अकं बढेको छ भने सबैभन्दा बढी जीवन बीमा समूह ३०२.८ अंकले घटेको नेप्सेले जनाएको छ।
शेयर बजार घट्नुका पछाडी राष्ट्र बैंकले ल्याएको नीति तथा कार्यक्रम रहेको लगानीकर्ताको भनाइ छ। उक्त नीतिको विरोध उनीहरुले सोमबार गरेका पनि थिए।
उनीहरुले ४ करोड र १२ करोडको सीमा तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए। जसकारण राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा १२ करोड रुपैयाँ भन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले सोमबार साँझ जारी गरेको सूचना अनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको जनाएको हो।