क्यानडियन किशोरी लेइला फेर्नान्डेज युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
पाँचौँ बरियताकी एलिना स्वीतोलिनालाई पराजित गरेर फेर्नान्डेजले अन्तिम चारमा स्थान बनाएकी हुन् । गएको सोमबार १९ वर्ष लागेकी फेर्नान्डेजले एलिनालाई ६–३, ५–६ र ७–६ ९७–५० को सेटमा पराजित गरेकी हुन् ।
२६ वर्षकी एलिनाले किशोरी फेर्नान्डेजलाई रोक्न सकिनन् । फेर्नान्डेजले फाइनल प्रवेशका लागि एरिना साबालेन्का वा बारबोरा क्रेज्सििकोभासँग प्रतिस्पर्धा गर्ने छिन् ।
फेर्नान्डेजले नाओमी ओशाका र एन्जलिका केर्बरलाई यही प्रतियोगितामा पराजित गरेर अघि बढेकी हुन् ।