दोस्रो बरियताका डानिल मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।
छनौट चरणबाट आएका बोटिक भान डी जान्ड्सचुल्पलाई पराजित गरेर मेडभेडेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
रुसी मेडभेडेभले नेदरल्याण्ड्सका २५ वर्षे बोटिकलाई ६–३, ६–०, ४–६ र ७–५ को सेटमा पराजित गरेका हुन् ।
उनले फाइनल प्रवेशका लागि फेलिक्स अगर–एलिएसिम वा कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्ने छन्। क्यालेण्डर ग्राण्डसलाम जित्ने नोभाक जोकोविचको महत्वकांक्षामा मेडभेडेभ प्रमुख प्रतिस्पर्धी बन्ने सम्भावना छ ।