मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको सीएनएनले जनाएको छ ।समाचारमा जनाइएअनुसार १७ किलोमिटर तटीय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो ।
मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू सडकमा निस्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।