भदौ २३, २०७८ बुधबार

काठमाडौँः प्रधानमन्त्रीमाथि प्रचार अभियानका क्रममा ढुङ्गा प्रहार गरिएको छ । मंगलबार ओन्टारियोमा एउटा ब्रुअरीको भ्रमणपछि बसमा फर्कने क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ढुङ्गा प्रहार भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री ट्रुडोलाई चोट भने लागेको छैन। सीटीभी नेसनल न्युजका अनुसार मिडिया बसमा सवार दुई जनालाई पनि ढुङ्गाले लागेको छ।