भदौ २५, २०७८ शुक्रबार

नेपाली बजारमा हिजाको तुलनामा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ ।  हिजो (बिहीबार) प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ ।  चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।