भदौ २५, २०७८ शुक्रबार

काठमाडौँ,२५ भदौ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूहअन्तर्गत विभिन्न पदमा २ सय २१ जनाका लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

त्यसपछि सूचना प्रविधिअन्तर्गत ३ पदमा ६४ जना, सञ्चारअन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशालाअन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मतअन्तर्गत १र१ जना माग गरिएको छ ।

दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी)सम्म छन् । उक्त सूचना गोरखापत्रमा प्रकाशित छ ।