महेश सिंह/सिरहा,लहान २६ भदौ - आत्महत्या रोकथामका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम लहानमा सम्पन्न भएको छ ।
नेपालमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ । त्यसमध्ये आवेगमा आएर ५ % व्यक्तीले आत्महत्या गर्ने गरेका छन्। सिरहामा दोस्रो लकडाउनमा ३८ जना व्यक्तीले आत्महत्या गरेका छन् ।
महिला अधिकारकर्मी तथा मुक्ति नेपालका संस्थापक श्यामकुमारी साहले मानिसमा आउने आत्महत्याको सोचलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । यस्तै ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा . तपन दाहालका अनुसार गरिब र अशिक्षाका कारण पनि आत्महत्याको सोच आउने भएकाले सचेतनाको कुराहरूमा ध्यान दियो भने यो दर निकै कम हुने देखिन्छ ।