फागुन २३, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इटालियन सिरी ए फुटबल आज राति रोमाञ्च खेलहरु हुदैछ । जसमा उपाधिको दाबेदारी टोलि एसी मिलान , नापोली , रोमा जस्ता टोलिले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली समयअनुसार आज साझ ५:१५ बजेबाट सुर हुने पहिलो खेलमा रोमाले जेनोवाको सामना गर्नेछ । उक्त खेल रोमाको मैदानमा हुनेछ ।

जारी सिजन २५ खेलबाट ४७ अंक जोडेको रोमा पाचौं स्थानमा रहेको छ । उसले १४ जित ५ बराबरी र ६ खेलमा हार व्यहोरेको छ । त्यस्तै आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । 

यता पाहुना टोली पनि घरेलु टोलिमाथि दबाब दिदै खेल आफ्नो पक्षयमा पार्ने योजनामा रहको छ । जारी सिजन कुल २५ खेलबाट २६ अंक जोडेको जेनोवा १३ औं स्थानमा रहेको छ । जसमा ६ जित ९ बराबरी र १० खेलमा पराजित भएको छ । 


आज हुने अन्य खेलहरु नेपाली समयअनुसार 
क्रोटोन भर्सेस टोरिनो (७:४५)
फेरिन्टिनो भर्सेस पार्मा (७:४५)
भेरोना भर्सेस एसी मिलान (७:४५)
साम्पोडोरीया भर्सेस क्यागलियारी (१०:४५)
नापोली भर्सेस बोलोग्न (१:३०
)