काठमाण्डौ।
विभागिय टिम एपीएफ क्लवले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।यस जितसँग एपिएफ फाईनल नजीक पुगेको छ ।
प्रतियोगितामा एपीएफले लुम्बिनी युनाइटेडलाई ३-० सोझो सेटमा हरायो ।
आजको हारसँग लुम्बिनी प्रतियोगिताबाट बाहिरीएको छ ।राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले लुम्बिनीलाई सोझो सेटमा पराजित गर्यो ।
यो जितसँगै एपीएफ प्रतियोगिताको पहिलो स्थानमा उक्लिएको छ ।