जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्यनले आरबी लेइप्जिगलाई ४–१ ले पराजित गरेको हो ।
बार्यनका लागि छैटौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गरी सुरुवाति अग्रता दिलाए । उनले यो सिजन लिगमा ६ गोल गरिसकेका छन् ।
बार्यनका लागि ४७ औँ मिनेटमा मुसिएला, ५४ औँ मिनेटमा लिरोय साने र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा चौपो–मोटिङ्गले गोल गरेका हुन् ।
आरबीका लागि लेइमारले ५८ औँ मिनेटमा एक गोल गरे । जितपछि चार खेलबाट १० अंकसहित बार्यन दोस्रो स्थानमा उक्लिएको छ ।