भदौ २७, २०७८ आइतबार

फ्रान्सेली विदेश मन्त्री जेन याभ्स ले द्रियनले अफगानिस्तानमा तालिबान सरकारलाई मान्यता नदिने बताएका छन्। शनिबार राति कतार जानुअघि भएको अन्तर्वार्तामा उनले झुटो बोल्ने तालिबानसँग फ्रान्सको सम्बन्ध नहुने बताएका छन् ।

अफगानिस्तानमा विदेशी नागरिकलाई फिर्ता गर्ने विषयमा आज कतारमा छलफल भएको छ। छलफलमा फ्रान्स पनि सहभागी हुनेछ ।

विदेशमन्त्री द्रियानले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, "उनीहरुले विदेशी र केही अफगानीहरुलाई आफ्नो इच्छा अनुसार देश छोडेर भाग्न दिइने बताएका थिए। नयाँ सरकार पनि बैठक हुनेछ । तर तिनीहरूले झूट बोलेका थिए।"

उनले फ्रान्सले तालिबानको नयाँ सरकारलाई मान्यता दिने छैन र यसको शासनसँग कुनै सम्बन्ध हुने छैन भने। उनले तालिबानको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यकता उनीहरुको भूमिकामा निर्भर हुने बताए।

फ्रान्सले अहिलेसम्म ३ हजार नागरिकलाई अफगानिस्तानबाट निकालेको छ। विदेश मन्त्री द्रियानले फ्रान्ससँग जोडिएका केही फ्रान्सेली नागरिक र अफगान नागरिक अझै पनि अफगानिस्तानमा फसिरहेका हुनसक्ने बताए।