भदौ २७, २०७८ आइतबार

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत साता कारोबार भएको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।