भदौ २७, २०७८ आइतबार

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरीज गुमाउने भएका छन् ।

ऐरीलाई गतसाता अभ्यासका क्रममा गोलिगाँठामा चोट लागेको थियो ।

उनले पपुवा न्युगिनिविरुद्धको एकदिवसीय अभ्यास खेल पनि गुमाएका थिए ।  उनको सोमबारको खेलका लागि एमआरआई गरिएको थियो ।

उक्त रिपोर्टपछि उनले सिरिज गुमाउने पक्का भएको हो । नेपाल क्रिकेट संघ क्यानले उनको चोटबारे आधिकारिक रूपमा केही धारणा सार्वजानि गरेको छैन । नेपालले सोमबार अमेरिकासँग पहिलो खेल खेल्दै छ ।