काठमाडौं, भदौ २८ गते । नेपालले त्रिकोणात्मक शृङ्खलाअन्तगर्तको पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्त ओमान सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्न लागेको हो ।
ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा बेलुकी सबा चार बजे नेपाल र अमेरिकाबीचको खेल सुरु हुनेछ । दुबै टोलिले मैत्रीपूर्ण खेलमा पपुवान्यूगिनीलाई हराएर प्रतियोगिताको सुरुवात गर्दै छ ।