भारतको सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश नियुक्तिको निर्णयलाई ऐतिहासिक क्षणका रूपमा प्रस्तुत गरिएको छ। तीन जनामध्ये बीवी नागरत्ना भारतकी प्रथम महिला प्रधानन्यायाधीश बन्न सक्ने बताइएको छ।
नवनियुक्त न्यायाधीशहरू हिमा कोहली, बेला एम त्रिवेदी र बीवी नागरत्नाले सेप्टेम्बर १ मा शपथ लिएयता महिला न्यायाधीश नियुक्तिको विषयले भारतमा चर्चा पाएको हो।
भारतका प्रधानन्यायाधीश एनभी रमणले नवनियुक्त महिला न्यायाधीश र सन् २०१८ बाटै सर्वोच्च अदालतमा न्यायाधीश रहेकी इन्दिरा बनर्जीसँग खिचाएको तस्बिर सामाजिक सञ्जालदेखि पत्रपत्रिकाको पहिलो पृष्ठसम्म छाएको छ। बीबीसी