भदौ २९, २०७८ मंगलबार

साङ्केतिक तस्बिर

बालबालिकाले जनस्वास्थ्यको सही मापदण्ड पालना गर्न नसक्ने बताउँछन् स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारी । उनी भन्छन् ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन' ।

कोरोनाको तेस्रो सङ्क्रमणमा बालबालिका प्रभावित हुने भनेर नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राई पनि बताउँछन् । 

‘ठूला व्यक्ति सङ्क्रमणसँग जुधेका छन्। उनीहरूमा  एन्टीबडी  बनिसकेको छ,’ डा. राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन्। त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ। त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ।’

विद्यार्थी चढ्ने बस र विद्यालयमा पनि भौतिक दूरी पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। जोखिम अवधिभर सामूहिक क्रियाकलाप गराउन नहुने डा. प्याकुरेलले बताए।