भदौ २९, २०७८ मंगलबार

साङ्केतिक तस्बिर

काठमाडौँ, भदौ २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार सरकारले चीनसँग खरिद गरेकोमध्ये यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ ।


उनका अनुसार ढिलामा शुक्रबारसम्म भेरोसेल खोप आइसक्ने छ । थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने छ । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आइसकेको छ ।