साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार प्रतितोला हिजो (सोमबार) ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यता तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज स्थिर रहेको छ चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।