भदौ २९, २०७८ मंगलबार

फाइल तस्बिर

मंगलबार बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ ।

राजमार्गको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाअन्तर्गत चिसा खोलानजिक पहिराले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

राजमार्ग खुलाउने प्रयास भइरहेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।  

सडक डिभिजन कार्यालयका अनुसार सडक अबको केहीबेर पछि खुल्ने गरी काम भइरहेको छ।