परीक्षा व्यवसायिक तथा विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा हुने उल्लेख गरिएको छ।
लिखित परीक्षा उत्तीर्ण गरी उचाइ र तौल तोकिएअनुसार हुनेहरूको अन्तर्वार्ता मितिसमेत तोकिएको छ। उनीहरूको अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुनेछ।
इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा कामदार स्वयंले बेहोर्नुपर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।
अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ।
विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।
केयरगिभरमा जान के–के योग्यता चाहिन्छ?
नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
उचाइ कम्तीमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
तौल ४५ केजी।
शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
अंग्रेजी भाषामा दक्ष।
शारीरिक तथा मानसिक रूपमा स्वस्थ र असल चरित्र भएको।