भदौ २९, २०७८ मंगलबार

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले भदौ २८ गतेको निर्णयअनुसार राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएसँगै उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० कायम भएको छ ।

उक्त पार्टीको निर्वाचन चिह्न कार रहेको आयोगले जनाएको छ । सो दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ रहेको उल्लेख छ ।