भदौ २९, २०७८ मंगलबार

इन्जिनियरिङकाे पाठ्यक्रममा महाभारत र रामायण समावेश गरिएपछि भारतको मध्य प्रदेशका कलेजमा भर्ना हुने इन्जिनियरिङका विद्यार्थीहरूले अब महाभारत र रामायण पढ्नुपर्ने भएको छ । 

मध्य प्रदेशको उच्च शिक्षा विभागका अनुसार इन्जिनियरिङ विषयको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको छ। अध्ययन बोर्डका शिक्षकहरूको उपस्थितिमा एनईपी २०२० अन्तर्गत रामायण, महाभारतसहितको पाठ्यक्रम तयार गरिएको हो। 

समकालीन कार्यलाई प्रभावकारी बनाउन विद्यार्थीले थुप्रै सिकाइ हासिल गर्नसक्ने भएकोले इन्जिनियरिङको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको मध्य प्रदेशका शिक्षामन्त्री मोहन यादवले बताएका छन्।

यसै शैक्षिक सत्रदेखि लागू हुने गरी जारी गरिएको नयाँ पाठ्यक्रमअनुसार रामायण, महाभारत र रामचरितमानसलाई वैकल्पिक विषयमा राखिएको छ । महाभारत भने अनिवार्य र वैकल्पिक दुवैमा समावेश गरिएको अधिकारीहरूले जनाएका छन्। अंग्रेजी र हिन्दी भाषाको सट्टा योग र ध्यानसमेत पाठ्यक्रममा समावेश गरिएको छ।

मध्य प्रदेशका सबै इन्जिनियरिङ र गैर इन्जिनियरिङ कलेजहरू सेप्टेम्बर १५ देखि भौतिक रूपमा सञ्चालन हुनेछन्। कक्षाकोठामा ५० प्रतिशत विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिनेछ।
 
भारतमा केहअं महिनाअघि इन्जिनियरिङ विषयलाई विभिन्न आठ मातृभाषामा पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरिएको थियो।