एजेन्सी :
स्पेनिस ला लिगा फुटबलमा आज राति एकै शहरका दुई ठुला टोली रियल मड्रिड र एथ्लेटिको मड्रिड बीच रोमाञ्च भिडन्त हुदैछ । खेल ‘मड्रिड डर्बी’ नामले परिचित रहेको छ । नेपाली समयअनुसार आज राति ९ बजे एथलेटिको मैदानमा हुनेछ । जारी सिजन एथ्लेटिको मड्रिड ला लिगाको उपाधि दाबेदार टोली हो । त्यस्तै यता रियल मड्रिड पनि दाबेदार टोलि मध्य एक हो । साविकको विजेता मात्रै नभइ स्पेनिस ला लिगाको सर्वाधिक ३४ पटको च्याम्पियन टोली पनि हो ।
`रियल मड्रिड ´ आज राति हुने एकै शहरका दुई ठूला टोलीबीचको भिडन्तलाई धेरैले प्रतिक्षा गरिरहेका छन् । मड्रिड डर्बीको खेललाई धेरैले उपाधि दौडको रोचक महाभिडन्त भन्दै व्याख्या समेत गरिरहेका छन् । हाल एथ्लेटिको मड्रिड २४ खेलबाट ५८ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । यता एक खेल बढि खेलेको रियल मड्रिड २५ खेलबाट समान ५३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै रियल भन्दा एक खेल बढी तथा एथलेटिको मड्रिड भन्दा दुई खेल बढी खेलेको बार्सिलोना दोस्रो स्थानमा छन् । आज हुने मड्रिड डर्बीको नतिजाले उपाधि दौडलाई केही हदसम्म प्रभाव पार्नेछ ।
आजको मड्रिड ड्रबीमा तेस्रो स्थानमा रहेको रियल विजयी भएमा उसले एथ्लेटिकोसँगको अंक दुरी २ मा झार्नेछ । भने यता एथ्लेटिकाे विजयी भएमा उसले शीर्षस्थानमा अग्रता अझै मजबुत बनाउने छ । यद्यपी, रियलले एथ्लेटिकोलाई पराजित गर्न सकेमा बार्सिलोना र रियल दुबै टोली उपाधि यात्रामा थप बलियो बन्नेछन् ।
जारी सिजनको शुरुवाती चरणमा उच्च लयमा रहेको एथ्लेटिको पछिल्ला खेलहरुमा भने केही कम्जोर प्रदर्शन गरिरहेकाे छ । जारी सिजन ला लिगाका पछिल्लो पाँच खेलमा कसको नतिजा कस्तो एथलेटिको स्पेनिस ला लिगा फुटबल अन्तर्गत पछिल्लो ५ खेलमध्ये ३ खेल जित,एक बराबरी र एक हार व्यहोर्नुपरेको छ । भने यता रियलले पछिल्लो ५ खेलमध्ये ४ खेलमा जीत र एक खेल बराबरी खेलेको छ ।
हेड टु हेडमा को बलियो
हालसम्म दुई टोलीले कुल ४६ खेलमा एकअर्का विरुद्ध मैदान उत्रिएका छन्। जसमा रियल मड्रिडले २४ खेल जीतेको छ भने एथ्लेटिकोले १० खेल जीतेकाे छ । त्यसमध्ये १२ खेल बराबरीमा सकिएको छ । हेड टु हेडमा हेर्ने हो भने एथ्लेटिको रियल मड्रिड भन्दा निकै बलियो देखिएको छ। यद्यपी, स्पेनका दुई ठूला क्लब र ला लिगा उपाधि दाबेदार टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । जुन खेलको नतिजा आज राति थाहा हुनेछ ।