भदौ २९, २०७८ मंगलबार

तस्बिर : गगनराज भट्टको फेसबुक

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका वडा नं- १० को  सबैभन्दा पुरानो शिव मन्दिरमा मंगलबार चोरी भएको छ । इलाका प्रहरी कार्यालय झलारीसँगै रहेको उक्त मन्दिरको दानपेटिका फोडेर रकम चोरी भएको शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गगनराज भट्टले नेपालमार्गलाई बताए ।

मन्दिरमा ३ बजेतिर चोरी भएको हुनसक्ने उनले जानकारी दिए । यस्तै कति रकम चोरी भएको हो भन्ने यकीन नभएको पनि उनले बताए । ''दानपेटिकाबाट चोरले कति रकम चोर्‍यो थाहा भएन, दानपेटिकामा रहेका बाँकी रकम मैले ल्याएको छु ।" भट्टले भने । चोरले त्रिशुलले दानपेटिका फोडेर चोरी गरेको छ । उनका अनुसार कसले चोरी गरेको हो भन्ने खुलेकाे छैन ।