भदौ ३०, २०७८ बुधबार

मुग्लिन–नौबिसे सडक पहिराका कारण अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गएराति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलानजिकै सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।