भदौ ३०, २०७८ बुधबार

बुटवल । बुधबार दिउँसाका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।

प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको  थियो ।

एमाले संसदीय दलले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।