एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरमा वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा.शम्भु पोखरेल चयन भएका छन्।
चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले जानकारी दिएको हो।
एसिया र अफ्रिका देशका व्यवसायी तथा व्यावसायिक एसोसिएसनहरू सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल च्याप्टर सुरु भएको हो।
आफू नेपाल च्याप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुक र अफ्रिकामा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष डा. पोखरेलले बताए।
वर्ल्ड ट्रेड ग्रुपअन्तर्गत नेपालमा बिजनेस टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटी सोलुसन, काठमाडौँ स्कुल अफ बैंकिङ एन्ड इन्स्युरेन्सलगायत दर्जन बढी संस्था सञ्चालनमा छन्।