फागुन २३, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा आज ‘म्यानचेस्टर डर्बी’ हुँदैछ । 

नेपाली समयअनुसार राति १०ः१५ बजे हुने उक्त खेल सिटी र युनाइटेड दुवै एक–अर्कामाथि जित निकाल्ने दाउमा हुनेछन् । सिटीको मैदान इतिहादमा घरेलु टोली शीर्षता कायमै राख्ने दाउमा छ भने युनाइटेड दोस्रो स्थानमा उक्लिने योजनामा छ ।

हाल सिटी ६५ अंकसहित शीर्ष स्थानमा छ । 
यता, युनाइटेड भने ५१ अंकसहित तेस्रो स्थानमा छ । सिटीमाथि जित निकालेमा ऊ दोस्रो स्थानमा उक्लिनेछ ।