फागुन २३, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इटालियन सिरी ए फुटबल आइतबार साझ भएको खेलमा रोमाले जेनोवालाई १-० गोलले पराजित गरेको छ । रोमाको मैदानमा  भएको खेलमा घरेलु टोलीको जितमा जि मन्सिनीले निर्णायक गोल गरेका थिए ।

उनले खेलको २३औं मिनेटमा गरेको एक मात्र गोल नै रोमाको जितमा प्रयाप्त बन्यो । उक्त जितसँगै रोमा कुल २६ खेलबाट ५० अंक जोड्दै चौथो स्थानमा उक्लियो छ । यता पराजित जेनोवाको भने कुल २५ खेलबाट २६ अंक जोडेको जेनोवा १३ औं स्थानमा रहेको छ ।