भदौ ३१, २०७८ बिहिबार

बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न वाणिज्य बैंकहरूले बचतकर्तालाई दिने र ऋणीबाट लिने दुवैतर्फको ब्याजदर बढाएका छन् । 


प्रतिस्थापन बजेट संसद्बाट पारित हुन नसक्दा यतिबेला सरकारी खर्च रोकिएको छ। जसले गर्दा अझै केही साता बैंकहरूमा निक्षेपको चरम अभाव हुने अनुमान छ।

भोलि असोज १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा दोहोरो अङ्क (१० प्रतिशतसम्म)को ब्याजदर घोषणा गरेका छन्।


हेर्नुस् बोलकबोल संस्थागत र व्यक्तिगत मुद्दतीमा बैंकहरूले दिने अधिकतम ब्याजदर

बैंक

ब्याजदर प्रतिशतमा

न्यूनतम अवधि

सनराइज

१०.०७ (व्यक्तिगत)

१०.०७ (संस्थागत)

१ वर्ष

सेन्चुरी

९.२५ (व्यक्तिगत)

९.२५ (संस्थागत)

१ वर्ष

एनएमबी

९.०२ (व्यक्तिगत)

९.५२ (संस्थागत)

१ वर्ष

एभरेष्ट

८.०० (व्यक्तिगत)

८.५० (संस्थागत)

२०० दिन

मछापुच्छ्रे

८.२५ (व्यक्तिगत)

८.७५ (संस्थागत)

१ वर्ष

नेपाल बंगलदेश

८.७६ (व्यक्तिगत)

८.७६ (संस्थागत)

६ महिना

एनसिसी

९ (व्यक्तिगत)

९.२६ (संस्थागत)

२ वर्षमाथि

३ महिनामाथि

स्टान्डर्ड

७.५ (व्यक्तिगत)

७ (संस्थागत)

१ वर्ष

कृषि विकास

७.६० (व्यक्तिगत)

७ (संस्थागत)

१ वर्ष

सिभिल

९.२५ (व्यक्तिगत)

८.५५ (संस्थागत)

२ वर्षमाथि

१ वर्षमाथि

प्रभु

८.२५ (व्यक्तिगत)

८.२५ (संस्थागत)

१ वर्ष

राष्ट्रिय वाणिज्य

८.०६ (व्यक्तिगत)

७.७५ (संस्थागत)

९.०६ (रेमिट्यान्समा)

३ महिनामाथि

हिमालयन

८.५ (व्यक्तिगत)

८ (संस्थागत)

१ वर्ष