भदौ ३१, २०७८ बिहिबार

एजेन्सी - उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको परीक्षण गरेकाे केही घण्टाको अन्तरालमा नै दक्षिण कोरियाले पनि ब्यालेस्टिक मिसाइलको परीक्षण गरेकाे छ ।

ब्यालेस्टिक मिसाइलको यस परीक्षणको दोहोरीले प्रायद्वीपमा हतियारको विषयमा चलेको होडबाजीले तीव्रता पाएको छ । ६ महिनामा मिसाइल परीक्षणको यो पहिलो मामिला हो र साथै यो संयुक्त राष्ट्रको प्रस्तावको उल्लङ्घन पनि हो ।

यसअघि दक्षिण कोरिया र चीनले उत्तर कोरियाको परमाणु विषयमाथि चर्चा पनि गरेका थिए ।

परीक्षणका बेला राष्ट्रपति मून जे–इन पनि उपस्थित थिए । यसबारे प्रतिक्रिया दिँदै उनले भने, ‘दक्षिण कोरियासँग अब उत्तर कोरियाको उक्साहटको जवाफ दिनका लागि पर्याप्त स्रोत साधन छन् ।’

सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार दक्षिण कोरियाको बयानमाथि उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोंगले आलोचना गरेकी छिन् ।

उनले दक्षिण कोरियाको टिप्पणीलाई अतार्किक बताएका छन् । उनले यसका कारण सम्झौता टुट्न सक्ने चेतावनी दिएकी छिन् ।