भदौ ३१, २०७८ बिहिबार

सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।

सुनकाे भाउ आज तोलामा ९० हजार ५  सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।