फागुन २३, २०७७ सोमबार

एजेन्सी

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड र एथ्लेटिक मड्रिडबीचको डर्बी भिडन्त बराबरीमा सकिएको छ ।

आइतबार राति एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा दुबै टोलिले  १-१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन । खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो ।

जारी खेलको १५ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले पछि परेको रियललाई खेलको ८८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई हारबाट जोगाए ।

उक्त बराबरीसँगै रियल २६ खेलमा ५४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भने यता शीर्ष स्थानको एथ्लेटिकोले २५ खेलमा ५९ अंक जोडेको छ ।