हुम्ला, भदौ ३१ गते । बोटमा स्याउ पाक्न लागेपछि हुम्लाका किसानमा खुसीयाली छाउन थालेको छ । जति फल्नु पर्ने हो त्यति फल्न नसके पनि बोटमा लागेका स्याउ फल्न लागेपछि ८० वटा बोट लगाउनु भएकी शान्ति बोहराले खुसी व्यक्त गर्नुभयो ।
बोटमा जति लागेका छन्, ती सबै स्याउका दाना पाक्ने बेला हुन लागेको छ । पचासभन्दा बढी बोट लगाउने किसान हुम्लामा एक सय जना भन्दा बढी रहेको विवरण कृषि विकास कार्यालयसँग रहेको छ ।