असोज २७, २०८२ सोमबार

काठमाडौँ, २७ असोजः भूमि आयोग विघटनप्रति किसानसम्बद्ध दुई संस्थाले आपत्ति जनाएका छन् ।

     अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगले भूमि समस्या समाधानका लागि गरेका कामको स्वामित्व कसले लिने भन्ने चिन्ता भएको जनाएको छ । भूमि समस्या समाधानका लागि कानुन नै निर्माण गरेर गठन गरिएको आयोग विघटन गर्नुअघि सरोकारवालासँग छलफल गरिनुपर्ने महासङ्घका अध्यक्ष डा प्रेम दङ्गाल र श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले जानकारी दिनुभयो ।

     आयोग विघटनको बिरोधमा यही प्रदर्शन गरिने जनाइएको छ । ती संस्थाहरुले यही असोज २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पनि आज जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।