भारतीय क्रिकेटर विराट कोहलीले आसन्न विश्वकपपछि टीट्वेन्टी राष्ट्रिय टोलीको कप्तानी छाड्ने भएका छन्।
उनी हाल सबै स्वरुपका क्रिकेटमा भारतीय टोलीको कप्तान रहेका छन्।
उनले विज्ञप्तिमा लेखेका छन्स् ‘म भारतीय क्रिकेट र भारतीय टिमको आफ्नो क्षमताले भ्याएसम्म सेवा गरिरहनेछु।’
टीट्वेन्टी विश्वकप आगामी महिना यूएईमा सुरु हुँदै छ।
