पाहुना टोली श्रीलंका विरुद्धको तिन खेलको टि ट्वान्टी शृखंला घरेलु टोली वेस्टईण्डिजले २-१ ले जितेको छ।आज बिहान सकिएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली ३ विकेटले विजयी भएको हो।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाहुना टोली पुरा २० ओभर खेल्दै मात्र १३१ रनमा समेटिए पश्चात पाएको १३२ रनको सामान्य लक्ष्य पुरा गर्न घरेलु टोलीले ७ विकेट गुमाएको थियो।
श्रीलंकाको लागि ब्याटिङमा दिनेश चण्डिमलले ५४ रनको सर्वाधिक ठुलो पारी खेले भने घरेलु टोलीका ओवेड म्याकोई,फाबियन एलेन,जेसन होल्डर र केभिन सिन्क्लियरले समान १/१ विकेट हात पारे।
१३२ रनको लक्ष्य भेट्न पनि वेस्ट ईण्डिजलाई कठिन परेको स्थितिमा अन्तिममा क्रिजमा प्रवेश गरेका एलेनले ३ छक्का हिर्काएर जित दिलाउन सफल रहे। श्रीलंका का लागि लकसन सन्दाकाले ३ विकेट लिए भने दुस्मथ चमरा र वानिन्दु हसरगांले समान २/२ विकेट हात पारे।