काठमान्डौमा शनिबार देखि सुरु काठमाडौ मेयर कपको पहिलो संस्करणको तेस्रो दिन आज एक खेल मात्र हुनेछ। काठमाण्डौको टियु मैदानमा हुने उक्त खेलमा विभागिय टोली नेपाल आर्मी क्लब र विभिन्न प्रदेशका उत्कृष्ट खेलाडी मिलाएर बनाईएको मेयर ११ टिम बिच प्रतिस्पर्धा हुनेछ।खेल बिहान ८:४५ मा सुरु हुनेछ।
उद्घाटन खेलमा नेपाल एपिएफ क्लबसॅंग झिनो अन्तरले पराजित आर्मीका लागि आज जित निकाल्दै प्रतियोगिताको दाबेदारी पेश गर्ने मौका रहदा सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर ११ ले हिजोको खेलमा बागमती प्रदेशलाई फराकिलो हार सहित प्रतियोगितामा बलियो सुरुवात गरेको थियो।