नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीव्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिनसमेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम् एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै, यता चाँदीको मूल्यसमेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज यता तेजाबी सुनको मूल्यसमेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।