काठमाडौं ।
गत बर्ष नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुदका स्वर्णधारी मन्डेकाजी श्रेष्ठ र गौरका सिंहले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मध्यपुर थिमीका नगर प्रमुख मदन शुन्दर श्रेष्ठको पहलमा उनीहरुले खोप लगाएका हुन् ।
मध्यपुर ठिमीस्थित एक अस्पतालमा आइतबार उनीहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
मन्डे र गौरिकासँगै अर्का स्वर्णधारी तेक्वान्दोकी आयशा शाक्य, पूर्व कीर्तिमानी खेलाडी दिपक विष्ट लगायतले पनि खोप लगाएका छन् ।